Comments Add Comment

पसल खुल्यो, अब व्यापारको प्रतीक्षा (फोटो फिचर)

२५ भदौ, काठमाडौं । तीन हप्ता लामो निषेधाज्ञापछि बिहीबारदेखि काठमाडौं उपत्यकामा पसल र यातायात खुला गरिएको छ ।

प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएपछि ब्यापारीले पनि पसल खोल्न थालेका छन् । दुई हप्तासम्म बन्द रहेका व्यवसाय खुला गरे पनि पसलसम्म ग्राहक पुगेका छैनन् ।

कोरोना भाइरस महामारीका कारण भौतिक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने कारणले पसलहरु खाली खाली छन् । यद्यपि बजारमा सामान्य चहल पहल देखिन्छ ।

भरियाहरुले पनि फाट्टफुट्ट काम पाएका छन् । हिन्दू नेपालीहरुको ठूलो पर्व दशैं आउन करिब एक महिनाको समय छ । व्यापारीहरु दशैंसम्म ब्यापार पुरानै अवस्थामा फर्किनेमा आशावादी छन् ।

हेर्नुहोस् तस्वीरहरु

यो पनि पढ्नुहोस उपत्यकामा खुकुलो भयो निषेधाज्ञा : यातायात र पसलसँगै के खुल्यो ? के खुलेन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment