Comments Add Comment

कोरोना खोपको आपूर्ति गर्नु ठूलो चुनौती : आईएटीए

२५ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आपूर्तिका लागि ढुवानी गर्दा अहिलेसम्मकै ठूलो चुनौती हुन सक्ने बताएको छ । आईएटीएका अनुसार विश्वभर कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि आठ हजार बोइङ ७४७ मोडलको आकारका जम्बो जेट विमान आवश्यक हुनेछ ।

अहिलेसम्म कुनै पनि कोरोना भाइरसविरुद्धको खोप निर्माण भएको छैन । तर, आईएटीएले खोप आपूर्तिको लागि एयरलाइन्स कम्पनी, विमानस्थल, विश्वव्यापी स्वास्थ्य निकायहरु र औषधि कम्पनीहरुसँग मिलेर काम गरिरहेको छ । प्रतिव्यक्तिलाई एक डोज खोप दिइने अवधारणा अनुसार वितरणको कार्यक्रम अघि बढाइएको छ । आईएटीएले सतर्कताका साथमा योजना निर्माण गर्न नसकेको अवस्थामा सुरक्षित रुपमा खोप आपूर्ति हुन नसक्ने बताएको छ ।

कोरोना भाइरसको महामारीको कारण यात्रुवाहक विमानहरुले पनि आफ्नो सेवा सामान ओसार्ने कार्गोमा परिणत गरेका छन् । यसले कोरोना खोपको आपूर्ति अझै जटिल बनेको छ । खोप आपूर्ति गर्दा तापक्रम पनि दुई देखि ८ डिग्री सेल्सियसको बीचमा रहनु जरुरी हुन्छ , जसको कारण जुनसुकै विमानबाट खोपको आपूर्ति गराउनु सम्भव हुँदैन ।

अहिलेको अवस्थामा अफ्रिकामा खोप आपूर्ति असम्भव रहेको आईएटीएले बताएको छ । कार्गो क्षमता पर्याप्त नहुनु, सीमा पार गर्दा अनेक झन्झटको सामना गर्नुपर्नेजस्ता कारणले अफ्रिकामा तत्काल खोप आपूर्ति सम्भव नभएको आईएटीएको निष्कर्ष छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment