Comments Add Comment

ग्रीसको शरणार्थी शिविरमा आगलागी, १३ हजार मानिस प्रभावित

२५ भदौ, काठमाडौं । ग्रीसको लोसबोस द्वीपको शरणार्थी शिविर मोरिया क्याम्पमा आगलागी भएको छ । आगलागीपछि यहाँको क्याम्पमा बस्दै आएका हजारौं शरणार्थीका लागि बासस्थानको तयारीमा सरकार जुटेको छ ।

मंगलबार लेसबोसको मेरिया क्याम्पमा आगलागी भएको थियो । आगलागीको कारण क्याम्पको ठूलो हिस्सा जलिसकेको छ । बुधबार अर्को आगलागीमा मंगलबार बचेको शरणार्थीको टेन्टहरु पनि जलाइदिएको थियो । यद्यपि यो घटनामा मानवीय क्षतिको विवरण भने आएको छैन ।

ग्रीसका अधिकारीहरुका अनुसार यो शिविरमा १३ हजार शरणार्थी बस्दै आएका छन् । उनीहरुलाई अस्थायीरुपमा आसपासका बन्दरगाहमा रहेका जहाजमा वा पुनः टेन्टमा राखिनेछ । लोसबोसबाट शरणार्थीहरुका चार सय बालबालिकालाई भने ग्रीस ल्याइएको छ ।

ग्रीसका शरणार्थी मामिलाका मन्त्री नोटिक मिछाराचीले अहिले आगलागीबाट प्रभावित बनेको शरणार्थीको लागि अहिले सरकारले आपतकालीन व्यवस्था गरिरहेको बताए । यद्यपि सबैलाई बासस्थानको व्यवस्था गर्नु कठिन हुनसक्ने उनको भनाइ छ ।

युरोपका अन्य मुलुकहरुले पनि लागलागीको घटनामा दुःख व्यक्त गरेका छन् । युरोपेली संघ (ईयू)ले यो ग्रिसलाई सहयोग गर्न सबैलाई आग्रह गरेको छ । यसैबीच जर्मनीको राइन–वेस्टफालियाले एक हजार शरणार्थीलाई आफ्नो राज्यले शरण दिन सक्ने भन्दै प्रस्ताव पेश गरेका छन् ।

लेसबोसको राजधानी मेटिलिनको उत्तरपूर्वमा मोरिया शरणार्थी शिविर छ । गत वर्ष यहाँ आउने शरणार्थीको संख्या बढेको छ । यो क्याम्पमा बस्ने ७० प्रतिशत शरणार्थीहरु अफगानिस्तानका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment