Comments Add Comment

इरानमा चार लाख नाघे कोरोना संक्रमित

२८ भदौ, काठमाडौं । इरानमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या चार लाख नाघेको छ । इरानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार इरानमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख दुई हजार २९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र इरानमा कोरोना भाइरसका दुई हजार ८९ नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इरानमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि २३ हजार १५७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण १२८ जनाको मृत्यु भएको हो । इरान मध्यपूर्वमा कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित हुनेमध्येको एक हो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment