Comments Add Comment

अक्टुबरमा हलमा ‘इन्दुकी जवानी’ रिलिज गर्ने निर्माताको घोषणा

विगत ६ महिनादेखि भारतका चलचित्र भवनहरु बन्द छन् । चलचित्र भवन बन्द हुँदा अधिकांश चलचित्रका निर्माताले डिजिलट प्लेटफर्मलाई नयाँ विकल्पको रुपमा लिए र चलचित्र विक्री गरे । लकडाउन अगाडि निर्माण भएर प्रदर्शनका लागि तयार भएका अधिकांश बलिउड चलचित्र डिजिटल माध्यमबाट रिलिज भैरहेका छन् । थोरै मात्र चलचित्रले हल रिलिजका लागि समय पर्खिरहेका छन् ।

भारतमा अक्टुबरदेखि हल खुल्ने अपेक्षा निर्माताहरुको छ । भारतका हल संचालक तथा निर्माताले पनि अब चलचित्रको काम सुचारु गर्नका लागि सरकारसँग अपिल गरिरहेका छन् ।

यसैविच, नायिका कियरा अडवानी अभिनित चलचित्र ‘इन्दु कि जवानी’ अक्टुबरमा रिलिज गर्ने घोषणा यसका निर्माताले गरेका छन् । आउँदो महिना हलमै चलचित्र रिलिज गर्ने घोषणा निर्माताले गरेसँगै बलिउडको माहोल तातिएको छ ।

भारतका चलचित्र प्रदर्शकहरुले सेप्टेम्बरबाट नै हल खुल्ने अपेक्षा गरेका थिए । तर, यो संभव नभएकाले अक्टुबरदेखि हल खुल्छ भन्ने उनीहरुको आशा छ ।

चलचित्र नै नभएको अवस्था र लामो समयदेखि हलमा जान नपाएका दर्शकको उत्सुकतालाई ध्यानमा राख्दै कियरा अभिनित चलचित्रका निर्माताले फाइदा उठाउन खोजेका छन् ।

कोरोनाले प्रभावित अधिकांश देशमा चलचित्र भवन खुलिसकेका छन् भने नयाँ चलचित्र पनि रिलिज भैरहेका छन् । यसैले पनि भारतका प्रदर्शकले सरकारसँग हल खुलाउन अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment