Comments Add Comment

एडीबीको प्रक्षेपण : यो वर्ष नेपालको आर्थिक वृद्धि १.५ प्रतिशत मात्र 

३० भदौ, काठमाडौं । सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको यो वर्ष १.५ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने अनुमान विकास साझेदारी एसियाली विकास बैंक (एडीबी)ले गरेको छ ।

एडीबीले गत अपि्रलमा सन् २०२१ को पहिलो प्रक्षेपणमा ६.४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरिएको थियो । तर, त्यसपछि कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको नियन्त्रणका लागि सरकारले अपनाएका निरोधात्मक कदमका कारण त्यसपछि भने आर्थिक गतिविधिहरु खुम्चन पुगे ।

त्यसपछि एडीबीले जुन २०२१ मा ३.१ प्रतिशतको आर्थिक वृद्धिको अनुमान एडीबीले गरेको थियो । तर, मंगलबार तेस्रो प्रक्षेपण गर्दै एसियाली विकास बैंकले यो वर्ष १.५ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान एडीबीले गरेको छ ।

बैंकले आज मंगलबार इकोनोमिक आउटलुकमार्फत एसियाली मुलुकहरुबारे आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो । उता, विश्वबैंकले केही समय अगाडी गरेको अनुमान २.१ प्रतिशत आर्थिक वृद्धिको छ । यी दुई निकायले गरेको अनुमान सरकारको लक्ष्यभन्दा निकै कम पाइएको छ ।

गत वर्ष २.३ प्रतिशत मात्र

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सरकारले २.२७ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । एडीबीको प्रक्षेपण समेत केही न केही मिल्ने देखिएको छ ।

एडीबीको तथ्यांक अनुसार सन् २०२० मा २.३ प्रतिशतको मात्र आर्थिक वृद्धि हुनेछ । यो वर्षको अन्तिम प्रतिवेदन भने सरकारले अझै सार्वजनिक गरिसकेको छैन ।

दक्षिण एसियामा माल्दिभ्सले फड्को मार्ने, नेपाल र अफगानिस्थान सबैभन्दा कमजोर

दक्षिण एसियाली मुलुकमा पर्यटन अर्थतन्त्रको मूख्य आधार भएका मुलुकको कुल गार्हस्थ उत्पादन सन् २०२० मा नराम्रोसँग खुम्चन पुग्यो ।

तर, चालु आवमा तीन मुलुकले भने फड्को मार्नेछ । किनकी सन् २०२० मा ती मुलुकको जीडीपी अत्यन्तै तल गिरेको छ ।

सन् २०२० मा माल्दिभ्सको आर्थिक वृद्धिदर -२०.५ प्रतिशत कायम रहने प्रक्षेपण एडीबीको रहेको छ ।

सन् २०२१ मा यो चोटबाट मुलुकहरु क्रमशः माथि उठ्न थाल्नेछन् । माल्दिभ्सले चालु आवमा सबैभन्दा बढी १०.५ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल गर्ने अनुमान एडीबीले गरेको छ । -९ प्रतिशतले खुम्चिएको भारत पनि चालु आवमा भने उठ्नेछ ।

भारतको ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान एडीबीले गरेको छ । आर्थिक वृद्धिदरको हिसावले यो वर्ष दक्षिण एसियाली मुलुकमध्ये नेपाल र अफगानिस्तान सबैभन्दा कमजोर हुनेछन् ।

दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर अनुमान (प्रतिशतमा)

मुलुक सन् २०१९ सन् २०२० सन् २०२१
अफगानिस्तान -५ १.५
बंगलादेश ८.२ ५.२ ६.८
भुटान ४.४ २.४ १.७
भारत ४.२ -९
माल्दिभ्स ५.९ -२०.५ १०.५
नेपाल २.३ १.५
पाकिस्तान १.९ -०.४
श्रीलंका २.३ -५.५ ४.१
समग्र दक्षिण एसिया ४.३ -६.८ ७.१

चालु आव भित्रै अर्थतन्त्र माथि उठ्छ !

कोभिड १९को विश्वव्यापी असर जारी छ । तर, मुलुकहरु क्रमशः अर्थतन्त्र उकास्नेतर्फ अग्रसर हुन थालेका छन् । यसका वावजुत सन् २०२० मा भने अर्थतन्त्र सबैभजसो मुलुकमा शिथिल बन्नेछ । तर, सन् २०२१ मा भने समग्र एसियामा भने अर्थतन्त्र जुर्मुराउन थाल्ने अनुमान एडीबीले गरेको छ ।

एसियाली विकास बैंकका अनुसार सन् २०२० मा एसियाली क्षेत्रको आर्थिक वृद्धिदर शून्यभन्दा पनि तल झर्दै -०.७ प्रतिशत कायम हुनेछ । सन् २०१९ मा एसियाली मुलुकको समग्र आर्थिक वृद्धिदर ५.१ प्रतिशत थियो ।

तर, सन् २०२१ मा भने यो दर निकै माथि उठ्नेछ । विश्व बैंकको प्रक्षेपण अनुसार यो वर्ष ६.८ प्रतिशतको वृद्धिदर कायम हुनेछ । यसमा खासगरी विकसित र ठूलो अर्थतन्त्र भएका मुलुकले क्रमशः अर्थतन्त्रलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्नेछन् ।

यो वर्ष सिंगापुरको जीडीपी ४.५ प्रतिशतले बढ्नेछ । भारतको ८ प्रतिशत, चीनको ७.७ प्रतिशत र दक्षिण कोरियाको जीडीपीमा ३.३ प्रतिशतको वृद्धि देखिनेछ । हङकङको समेत वृद्धिदर ५.१ प्रतिशत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment