Comments Add Comment

अस्पतालबाट बन्धनमुक्त भए शिवचन्द्र र मिलयादेवी

३१ भदौ, काठमाडौं । उपचार खर्च नपाएर दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका सप्तरीका शिवचन्द्र सदा र मिलयादेवी बन्धन मुक्त भएका छन् ।

छिमेकीको कुटाइबाट घाइते उनीहरुले उपचार खर्च तिर्न  नसक्दा विराटनगरको गोल्डेन अस्पतालमा बन्धक भएका थिए । उपचार खर्चवापतको १ लाख २५ हजार  ८ सय रुपैयाँ तिर्न नसक्दा सप्तरीको अग्निसाइर कृष्ण सावरन गाउँपालिका- ६ का उनीहरुलाई अस्पतालले घर जान दिएको थिएन ।

प्रदेश २ का मुख्य न्यायाधिवक्ता झाले अस्पतालमा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र उनीहरुलाई घरसम्मको एम्बुलेन्स खर्चको पनि व्यवस्थापन गरिएको जानकारी दिए ।

‘प्रदेश २ को सरकारले एक लाख पचास हजार दिने निर्णय गत बिहीबार नै गरेको थियो । प्रक्रियामा ढिलाई भयो, यसकारण क्षमाप्रार्थी छु’ उनले भनेका छन् । सदा दम्पत्तिमाथि कुटपिट गर्ने दीना साह भने तारेखमा छुटिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment