Comments Add Comment

सिलौटो कटेज र सेफहरुको सहकार्यमा असाहयलाई खानपान

कोभिड–१९ को कारण धेरैको चुल्हो निभेको छ । न आयआर्जन, न कुनै स्रोत । भरपेट खानै मुस्किल छ । यस्तो अवस्थामा कतिपय मनकारीहरुले स्वतस्फूर्त खानपानको व्यवस्था गरिरहेका छन् । यसैमा सामेल छन्, अनामनगरस्थित सिलौटो कटेज र विश्व ह्युमन सेफ फुड हेल्प फाउन्डेसन । दुबैको सहकार्यमा असाहय व्यक्तिहरुलाई खानपानको व्यवस्था गरिएको छ ।

काठमाडौं गुहेश्वरी आसपासमा निशुल्क खानपानको व्यवस्था गरिएको हो । असोज २ गते शनिवार अढाई सय भन्दा बढीलाई खानाको व्यवस्था गरिएको वताइन्छ ।

अनामनगरस्थित सिलौटो कटेल एक पारिवारिक रेष्टुरेन्ट हो । बैंक्वेट, सेमिनार हल सहितका पाँच वटा पौराणिक शैलीका कटेजले सुरुवातदेखि नै विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको सञ्चालक बताउँछन् । खासगरी सडक बालबालिका एवं असाहयहरुलाई निशुल्क रुपमा खानेकुरा वितरण गर्दै आएको छ ।

साथसाथै प्राकृतिक विपत्तिमा परेकाहरुलाई आर्थिक सहयोग समेत दिदै आएको छ । कोभिडको कारण सर्वत्र संकट छाइरहँदा कटेजले सामाजिक उत्तरदायित्व अन्र्तगत निशुल्क खानेकुराको व्यवस्था गरेको वताइन्छ ।

सिलौटोसँग सहकार्य गरिरहेको विश्व ह्युमन सेफ फुड हेल्प फाउन्डेसन नेपाल पाँचतारे होटलमा कार्यरत सेफहरुको संगठन हो । यस संगठनको मूल उदेश्य नै भोकको कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने छ । अनाथ, असाहय, विपन्न व्यक्तिहरु भोकभोकै बस्न नपरोस् भनी उक्त संगठनले खानपानको व्यवस्था गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment