Comments Add Comment

कृषभ पन्तलाई ‘लिटिल कल्चर एम्बासडर’को उपाधि

एल. आर.आई विद्यालय काठमाडौंका छात्र कृषभ पन्त ‘लिटिल कल्चर एम्बासडर’को उपाधिद्वारा सम्मानित भएका छन् ।

चीन सांस्कृति केन्द्र ओभरसीज र सुंग चिंग लिंग फाउण्डेसनले आयोजना गरेको वक्तृत्वकला कार्यक्रममा ३५ देशका १८० जनाको प्रतिस्पर्धाबाट उत्कृष्ट १० मा परेपछि उनले लिटिल कल्चर एम्बासडर उपाधि पाएका हुन् ।

कार्यक्रमबाट भोटिङ्ग तथा आन्तरिक मुल्याङ्कनको आधारमा उत्कृष्ट १० जना छनौट गरिएको थियो । वक्तृत्वकला कोरोना भाइरससँग सम्बन्धित थियो । उनले यस विषयमा चाइनिज भाषामै प्रस्तुति दिएका थिए ।

एल.आर.आई स्कुलले विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान अन्तरगत चिनियाँ तथा जर्मन भाषा अध्यापन गराउँदै आएको छ ।

पन्तले आफ्नो विषयबस्तुमा कोभिड-१९ विश्वको लागि गम्भीर संकट भएकोले, यस माहामारीको अन्त्यको लडाइमा सम्पूर्ण अन्तर्राष्ट्रिय जगत एकबद्ध भई अगाडि बढ्नु पर्ने भनाइसहित यस माहामारीविरुद्धको लडाइमा ऐक्यबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment