Comments Add Comment

कर्णालीमा थपिए २९ जना कोरोना संक्रमित

२७ जना डिस्चार्ज

फाइल तस्वीर

४ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा आइतबार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका ७ जना, बर्दियाका ८ जना, दैलेख र सुनसरीका ३/३ जना, सल्यान, जाजरकोट, दाङ, कपिलवस्तु, लमजुङ, ओखलढुगा, बैतडी र बाँकेका एक/एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३१३६ पुगेको छ ।

२७ जना डिस्चार्ज

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार आइतबार प्रदेशमा थप २७ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ६८७ पुगेको छ ।

शनिबारसम्मा प्रदेशभर ४५२ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment