Comments Add Comment

कतारका राजदूतले भने : नेपाली श्रमिकको उद्धार गर्न दैनिक ४ उडान चाहिन्छ

फाइल तस्वीर

५ असोज, काठमाडौं । कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले अलपत्र नेपाली श्रमिकको उद्धारका लागि दैनिक ४ वटा उडान आवश्यक रहेको बताएका छन्  ।

सोमबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा  प्रविधिको प्रयोगमार्फत सहभागी भएका उनले श्रमिकको उद्धारका लागि चार्टर्ड फ्लाइटबाट मात्र सम्भव नहुने बताए । हाल कतारबाट नेपालीको उद्धारका लागि नियमित उडानको व्यवस्था छैन ।

कतारमा १६ हजार नेपाली स्वदेश फर्किने प्रतीक्षामा रहेको र चाडपर्व नजिकिँदै  जाँदा यो संख्या अझै बढ्ने उनको भनाइ छ । राजदूत भारद्वाजले भने ‘सेड्युल फ्लाइटबाट मात्र यहाँ रोकिएका १६ हजार नेपालीलाई घर फर्काउन सक्छौँ ।’

अहिलेसम्म कतारबाट छ हजार सात सय ७८ जनाको उद्धार भएको उनले समितिलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment