Comments Add Comment

कर्णालीमा ३७ जना कोरोना संक्रमित थपिए

५ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका २१ जना, दैलेखका १० जना, सल्यान, जुम्ला, कन्चनपुर, बैतडी र प्युठानका एक/एकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

साथै एकजना भारतीय नागरिकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ती नागरिकको मुसिकोट रुकुम पश्चिममा स्वाब संकलन गरिएको महाशाखाले जनाएको छ ।
योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३१७३ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार सोमबार प्रदेशमा थप नौंजना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २६८७ पुगेको छ ।

सोमबारसम्मा प्रदेशभर ४८० जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment