Comments Add Comment

यस्तो गाउँ, जहाँ चमेराको पूजा हुन्छ

काठमाडौं । विश्वमा कोरोना भाइरस महामारी फैलिनुको कारण चमेरोलाई ठानिएको छ । यद्यपि जीव वैज्ञानिकहरुका अनुसार चमेरो पर्यावरणका लागि निकै लाभदायक छ । सायद त्यही भएर होला भारतको एउटा गाउँमा चमेराको पूजा गरिन्छ ।

भारतको बिहारस्थित वैशाली जिल्लामा एउटा यस्तो मन्दिर छ, जहाँ चमेराको पूजा हुन्छ । उक्त मन्दिरमा चमेरोलाई गाउँको देवताको रुपमा पूजा गरिन्छ ।

गाउँलेहरुका अनुसार चमेरो सम्पन्नताको प्रतीक हो । चमेरो जहाँ बस्दछ, त्यहाँ धनको कमी नहुने विश्वास मानिसहरुको छ ।

वैशाली जिल्लाको सरसई गाउँमा हजारौँको संख्यामा चमेरा पाइन्छन् । चमेराकै कारण सो गाउँ निकै चर्चित छ । चमेरा हेर्नकै लागि ठूलो संख्यामा पर्यटकहरु उक्त गाउँमा आउने गर्दछन् । चमेराले आफ्नो गाउँको रक्षा गर्ने विश्वास गाउँलेहरुको छ ।

गाउँमा आएर चमेरा बसेपछि गाउँमा सदैव खुसी छाइरहेको गाउँलेहरुको दाबी छ । त्यसैले गाउँमा कुनै पनि शुभकार्य गर्नुअघि चमेराको पूजा गरिन्छ ।

गाउँलेहरुका अनुसार रातको समयमा कुनै बाहिरको मान्छे गाउँमा छिरेमा चमेराहरु उत्पात मच्चाएर मानिसहरुलाई जानकारी दिन्छन् ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment