Comments Add Comment

‘बेलायतमा अक्टोबरको मध्यसम्म दैनिक ५० हजार कोरोना संक्रमित थपिन सक्छन्’

५ असोज, काठमाडौं । बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिलेकै अवस्थामा रहे अक्टोबरको मध्यसम्ममा दैनिक ५० हजार संक्रमित थपिन सक्ने बताएका छन् । उनले अहिले प्रत्येक सात दिनमा नयाँ संक्रमितको संख्या दोब्बर बनिरहेको बताए ।

भ्यालेन्सले मध्य अक्टोबरसम्ममा बेलायतमा दैनिक दुई सयभन्दा धेरै मानिसको कोरोनाका कारण मृत्यु हुन सक्ने बताएका छन् । पछिल्लो समय बेलायतमा उल्लेख्य संख्यामा कोरोनाका नयाँ संक्रमित बढेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार गत जुलाई २९ मा बेलायतमा महामारी सुरु भएयताकै सबैभन्दा कम ७० जना नयाँ संक्रमित थपिएका थिए । तर, मंगलबार मात्रै बेलायतमा एकैदिन चार हजार ४२२ नयाँ संक्रमित थपिएका थिए । यद्यपि पछिल्लो समय बेलायतमा कोरोनाबाट हुने मृत्युदर भने कम देखिएको छ । आइतबार बेलायतमा कोरोनाको कारण २७ जनाको मृत्यु भएको थियो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment