Comments Add Comment

बौद्धमा १५ लाखमा दुर्लभ वन्यजन्तु विक्रीको प्रयास, दुई पक्राउ

६ असोज, काठमाडौं । प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानीबाट दुर्लभ वन्यजन्तुसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापमको गोकुलगंगा गाउँपालिका–६ का २१ वर्षीय विशाल तामाङ र १९ वर्षीय सुवास तामाङ छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले सुन गोहोरो जस्तो देखिने वन्यजन्तुसहित पक्राउ गरेको हो । काठमाडौं प्रहरीका अनुसार १५ लाख रुपैयाँमा बिक्री गर्ने योजनासहित रामेछापबाट दुर्लभ वन्यजन्तु ल्याइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रहरी कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानीमा डेरा गरी बस्ने रोमछापका मोहन तामाङको कोठामा लुकाएको अवस्थामा उक्त वन्यजन्तु फेला पारेको बताइएको छ । मोहन भने फरार छन् । उनको खोजी कार्य जारी रहेको बताइएको छ ।

थप कानुनी कारबाही र अनुसन्धानका लागि प्रहरीले बरामद वन्यजन्तुलाई जिल्ला वन कार्यालय, काठमाडौंलाई बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment