Comments Add Comment

पाकिस्तानले सुरु गर्‍यो चिनियाँ खोपको तेस्रो चरणको परीक्षण

६ असोज, काठमाडौं । पाकिस्तानमा चिनियाँ कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण सुरु भएको छ । पाकिस्तानको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)का कार्यकारी निर्देशक आमीर इक्रमले मंगलबार परीक्षण सुरु भएको जानकारी दिएका हुन् ।

पाकिस्तानमा आठदेखि १० हजार मानिसमा यो खोपको परीक्षण गरिनेछ । यसको अन्तिम नतिजा भने अबको ६ महिनामा आउने अपेक्षा गरिएको छ । इक्रमले जनावरमा गरिएको परीक्षणमा खोप पूर्णरुपमा सुरक्षित रहेको पाइएकोले मानिसमा पनि यो खोप सफल हुन्छ भन्ने ठूलो अपेक्षा रहेको बताए ।

पाकिस्तानका स्वास्थ्य अधिकारीहरुले यो खोपको परीक्षण सफल भए पाकिस्तानका लागि मात्र नभई समग्र विश्वको लागि यो निकै खुसीको कुरा हुने बताए । यो खोपको परीक्षण एनआईएचको निगरानीमा हुनेछ ।

अहिलेसम्म पाकिस्तानमा तीन लाख ६ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने ६ हजार चार सयभन्दा धेरैको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

स्रोत : सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment