Comments Add Comment

दशैंमा हल खुले कुन फिल्म रिलिज गर्ने ?

विगत ६ महिनादेखि बन्द रहेका हलहरु कहिले खुल्छन् अझै टुंगो छैन । नेपालीहरुको ठूलो पर्व दशैं आउन एक महिना पनि बाँकी छैन । दशैंमा नेपाली चलचित्रको राम्रो व्यापार हुने गर्दछ । अघिल्ला बर्षका रेकर्ड हेर्दा पनि दशैंमा रिलिज भएका चलचित्रले राम्रो कमाई मात्र गरेका छैनन्, चलचित्र क्षेत्रलाई गतिशिल बनाउन ठूलो भूमिका पनि खेलेका छन् । दशैं लगतै तिहार पनि सुरु हुने भएकाले यो समयमा चलचित्र रिलिज गर्न निर्माता तछाडमछाड नै गर्छन् ।

तर, यो बर्षको दशैंमा हल संचालनमा आउँछन् या आउँदैनन् भन्ने नै अन्यौल छ । हल व्यवसायीहरु भने दशैंमा चलचित्र हल संचालन हुनेमा आशावादी छन् ।

हल व्यवसायी कपिल द्धाले सामाजिक संजालमा स्टाटस लेख्दै दशैंमा कुन चलचित्र रिलिज हुन्छ होला भनेर सोधेका छन् । उनले, हल खोल्न हल व्यवसायी तयार भएको भन्दै निर्मातालाई चलचित्र रिलिजको मिति तय गर्न आग्रह गरेका छन् ।

सरकारले आन्तरिक हवाई उडान, रेष्टुरेन्ट, लामो दुरीका गाडी संचालन गरिसकेकाले पनि हल खोल्दा कुनै समस्या नहुने उनीहरुको तर्क छ । पूर्ण क्षमतासहित यात्रु बोकेर हवाइजहाज उड्दा कोरोना नसर्ने, सुरक्षित उपाय अपनाएर हल संचालन गर्दा कोरोना सर्ने भन्ने नहुने तर्क चलचित्र संघका पूर्व अध्यक्ष प्रदिपकुमार उदयको छ ।

हल व्यवसायीहरु दशैंमा हल खुल्ने र दर्शक पनि हलसम्म आउने दाबी गरिरहेका छन् । तर, चलचित्र निर्माण गरेर बसेका कुनै पनि निर्माताले दशैंमा चलचित्र रिलिज गर्ने योजना बनाएको देखिदैन । अहिलेसम्म, हल खुलेको अवस्थामा चलचित्र ‘लक्ष्मीपूजा’ रिलिज गर्ने योजना निर्माता शोभित बस्नेतले बनाएका छन् ।

बलिउड चलचित्रले पनि दशैं लक्षित रिलिज मिति तय गरेका छैनन् । बलिउडमा त चलचित्रको नै अभाव छ । यस्तो अवस्थामा को अगाडि सर्ने भन्ने दुविधा देखिएको छ । दशैंमा हल खुले के निर्माता चलचित्र चलाउन तयार छन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment