Comments Add Comment

२१ दिनपछि चीनबाट भित्रियो एक कन्टेनर स्वास्थ्य सामाग्री

७ असोज, काठमाडौं । नेपाली कामदारलाई कोरोना देखिएपछि भदौ १७ गतेदेखि बन्द नेपाल-चीन रसुवागढी नाका बुधबारबाट सञ्चालनमा आएको छ ।

चिनियाँ अधिकारीहरुले बुधबार एक कन्टेनर स्वास्थ्य सामाग्री मितेरी पुलसम्म ल्याइदिएको रसुवा भन्सार कार्यालका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले अनलाइन खबरलाई बताए ।  नाका बन्द भएको २१ दिनपछि पहिलोपटक नाकाबाट मालसामान भित्रिएको हो ।

‘विहान सवा नौ बजेतिर स्वास्थ्य सामग्री बोकेको एक कन्टेनर मितेरी पुलमा ल्याएर उहाँहरुको सामान हस्तान्तरण गर्नुभयो, नाका क्षेत्रको अवलोकन पनि गर्नुभयो,’ भन्सार अधिकृत खड्काले भने ।

बुधबार बिहान चिनियाँ पक्षले ल्याईदिएको कन्टेनरमा बालबालिकालाई लगाइने खोपको सिरिन्ज रहेको खड्काले बताए । सामान लिएर आएका चिनियाँ अधिकारीले नाकाको अवलोकन गरेको र बिहीबारदेखि दैनिक ५ कन्टेनर सामान पठाउने जानकारी दिइएको पनि खड्काले बताए ।

ढलान गरिएको तर प्रयोग नभएको एउटा सडकमा चीनतर्फबाट आएका सामान खसाउने गरी चिनियाँ पक्षले अवलोकन गरेको उनको भनाइ छ ।

तातोपानी नाका खुलाउन पनि बुधबार मजदुरहरुको कोरोना परीक्षण हुने भएको छ ।


यो पनि पढ्नुहोस दशैंको मुखमा चिनियाँ तगारो, नाका बन्द हुँदा सरकार मूकदर्शक !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment