Comments Add Comment

उपत्यकामा ६३७ संक्रमित थपिए

७ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै थप तीन जनाको मृत्यु भएको छ । काठमाडौंका १६ वर्षीय पुरुष र ६८ वर्षीया महिला तथा ललितपुरका ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा देशभरमा  भने ११७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment