Comments Add Comment

भारतीय नम्बर प्लेटको एउटा जिप प्रहरीको नियन्त्रणमा

७ असोज, वीरगञ्ज । पर्साको ग्रामीण क्षेत्रबाट भारतीय नम्बर प्लेटको जिप प्रहरीले नियन्त्रणमा लिएको छ । छिपहरमाई गाउँपालिका–५ स्थित सडकमा राखिएको बीआर ३२ पीए २३०६ भारतीय नम्बरको जिप प्रहरीले नियन्त्रणमा लिएको हो ।

ग्रामिण क्षेत्रमा भारतीय नम्बरको जिपहरु चोरी पैठारी गरी चलाउने गरिन्छ । प्रहरीका अनुसार बरामद गरिएको जिपको बजार मुल्य अन्दाजी २० लाख रुपैयाँ रहेको अनुमान गरिएको छ ।

जिप रहेको वरपरका मानिससँग सोधपुछ गर्दा कोही कसैले पनि हक दाबी नगरेको प्रहरीको भनाइ छ । बेवारिसे अवस्थामा असोज ५ गते फेला परेको जिप माग दाबीका लागि आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएपनि कोही पनि नआएपछि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment