Comments Add Comment

नेपालमा पहिलोपटक कोरोना संक्रमित मृतकको पोस्टमार्टम हुँदै

७ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको पहिलो पटक पोस्टमार्टम हुने भएको छ ।

असोज ३ गते मृत्यु भएका रामलखन जैसवालको बिहीबार पोस्टमार्टम हुने भएको हो । भद्रकालीस्थित बन्दीगृहमा रहेका उनी बिरामी भएपछि जेल प्रशासनले वीर अस्पताल लगेको थियो, तर राति १०ः५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरे ।

परिवारका सदस्यले भने शव हेर्दा शंकास्पद देखिएको बताए । त्यसलाई लिएर अनेक प्रचार हुन थालेपछि कारागार र अस्पताल प्रशासन पोस्टमार्टम गर्ने निष्कर्षमा पुगेका हुन् ।

जगन्नाथ देवल कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले भने कारागारमा मृत्यु भएका सबैको पोस्टमार्टम गर्ने गरिएको बताए । जैसवालको पनि मृत्युपछि पोष्टमार्टम गर्नुअघि पीसीआर टेष्ट गरिएको थियो र त्यसमा पोजेटिभ आएको हो ।

जैसवालको पोस्टमार्टम भएमा कोरोना संक्रमितको मृतकको पहिलो पोस्टमार्टम हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४३६ जनाको मृत्यु भइसकेको छ । तर कसैको पनि पोस्टमार्टम गरिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment