Comments Add Comment

समकालीन २० कथाकारका ‘छकालै’

८ असोज, काठमाडौं । २० युवा कथाकार एक-एक कथा समेटिएको संग्रह ‘छकालै’ बजारमा आएको छ । संग्रहका सम्पादक नवीनका अनुसार पछिल्लो दशक साहित्यमा प्रयासरत नवपुुस्ताको प्रतिनिधि आख्यान-अनुहार हो ‘छकालै’ ।

उनी भन्छन्, ‘पहिलो पाइला भएकाले यो कथासंग्रहमा कमिकमजोरी होलान्, तर हामीले आफ्नो समयको चेतना र भाषाशिल्प प्रयोग गरेर कथा लेखिरहेको जनाउ हो संग्रह ।’

कथाकार संगीत मगरका अनुसार संग्रहले युवा मनोविज्ञानको प्रकटीकरणसँगै युवाजीवनले भोग्नुपरेका साझा समस्या बोलेको छ । नयाँ पुस्ता के कारणले नयाँ छ, किन नयाँपन चाहन्छ भन्ने ‘छकालै’ले देखाएको उनी बताउँछन् ।

संगीत र नवीनसँगै संग्रहमा अनिल वान्तवा, अन्जना इछमफूल, अन्शु खनाल, अन्वेश थुलुङ, बाबु साहेब, विकास, दीपा मेवाहाङ राई, देव व्रत, खेम बतास, कृष्णप्रसाद अर्याल, कुन्साङ, मनोज विश्वकर्मा, नदीश, निमेषराज सापकोटा, निर्भीकजंग रायमाझी, प्रज्वल अधिकारी, समर्पण श्री र सागर चन्दका कथा छन् ।

इन्डिगो इन्कले प्रकाशन गरेको संग्रहको मूल्य ३९९ रुपैयाँ छ । संग्रह ‘किताब यात्रा’ तथा ‘थुप्रै डटकम’अनलाइनबाट समेत खरिद गर्न सकिने प्रकाशक विष्णुकुमारले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment