Comments Add Comment

कन्ट्याक्ट ट्रेसिङमा परेका ऊर्जामन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ

८ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सुरक्षामा खटिएका नेपाली सेनाका जमदारलाई कोरोना पोजेटिभ देखिएपछि पुन शुक्रबारदेखि होम आइसोलेसनमा थिए ।

मन्त्री पुनले बुधबार स्वाब दिएका थिए । तर, बिहीबार विहान रिपोर्ट नेगेटिभ आएपछि पुन नियमित काममा फर्किएको उनको निजी सचिवालयले जनाएको छ । उनको सुरक्षागार्डको पनि बिहीबार रिपोर्ट नेगेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment