Comments Add Comment

मालीमा पूर्व विदेशमन्त्री मोक्तार प्रधानमन्त्रीमा नियुक्त

१२ असोज< काठमाडौं । मालीका अन्तरिक राष्ट्रपति बाह एनडउले पूर्व विदेशमन्त्री मोक्तार ओउनेलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका छन् । आइतबार ओउनेलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

सर्वसाधारणको तर्फबाट प्रधानमन्त्री छानिएसँगै छिमेकी मुलुकहरुले मालीमाथि लगाएको प्रतिबन्ध खुलाउनका लागि पनि बाटो खुलेको छ । गत अगष्टमा मालीमा भएको सैन्य ‘कू’पछि छिमेकी मुलुकहरुले मालीमाथि प्रतिबन्धको निर्णय गरेका थिए ।

यसअघि अगष्ट १८ मा तत्कालीन राष्ट्रपति इब्राहिम बोउबाकर केइटालाई हटाउँदै सेनाले आफ्नो हातमा सत्ता लिएको थियो । अहिले प्रधानमन्त्रीको रुपमा नियुक्त भएका ६४ वर्षीय ओउने सन् १९९५ देखि २००२ सम्म राष्ट्रसंघको स्थायी प्रतिनिधिको भूमिकामा थिए । साथै उनले सन् २००४ देखि २००९ सम्म विदेशमन्त्री थिए ।

मालीको सैन्य सरकारले १८ महिनापछि हुने निर्वाचनपछि मुलुकमा सर्वसाधारणकै नियम लागू हुने बताएको छ । उक्त १८ महिनाको संक्रमणकालीन अवधिको लागि ओउने प्रधानमन्त्री बनेका हुन् । मंगलबार ओउनेको नेतृत्वमा रहने मन्त्रिपरिषद्का अन्य सदस्यहरुको घोषणा हुनेछ ।

मालीमा गत शुक्रबार एनडउले संक्रमणकालीन राष्ट्रपतिको रुपमा शपथ लिएका थिए । उपराष्ट्रपतिको रुपमा सैन्य विद्रोहको नेतृत्व गर्ने आसिमी गोइटा छन् ।

स्रोत :अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment