Comments Add Comment

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिनुपर्छ : नगरप्रमुख सरावगी

१६ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिन माग गरेका छन् ।

शुक्रबार वीरगञ्जमा आयोजित कार्यक्रममा उनले वैकल्पिक माध्यमबाट पठन पाठन गराउँदा ६० प्रतिशत विद्यार्थी वञ्चित भएको र पढाइ प्रभावकारी नभएको जिकिर गरे ।

‘रेडियो, अनलाइन कक्षा खासै प्रभावकारी पनि हुन सक्दैन, किनकी विद्यार्थीले शिक्षकसँग प्रत्यक्ष जसरी सिक्न पाउँछन् । अन्तर्क्रिया गर्न पाउँछन् । त्यसमा पाउँदैनन्’ उनले भने, ‘रेडियो टिभी वा अनलाइनमा शिक्षक पढाइरहेका हुन्छन्, विद्यार्थी आफ्नो तालमा । भाषण सुनेजस्तो जस्तो हुन्छ ।’

बरु दुई सिफ्टमा विद्यालय चलाउन स्थानीय तहलाई जिम्मा दिनुपर्ने उनको भनाइ छ ।

‘केन्द्रले मात्रै हरेक ठाउँमा एउटै कुरा लादेर हुँदैन । विकास निर्माण पछि गर्दै गरौंला, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने छ’ नगर प्रमुख सरावगीले भने ‘विद्याललय सञ्चालन कसरी गर्ने भन्ने जिम्मेवारी पालिकालाई दिँदा हुन्छ । हामी शिक्षकलाई थप सेवा सुविधा दिएरै भएपनि विद्यार्थीलाई शिक्षाबाट वञ्चित गर्दैनौं ।’

वीरगञ्जमा चैत ११ गतेदेखि नै विद्यालय बन्द छ । कतिपय विद्यालयहरुलाई क्वारेन्टिन, आइसोलेसन सेन्टर तथा स्वाब संकलन केन्द्र समेत बनाइएको थियो ।

सुरक्षित सिकाइ परियोजना अन्र्तगत वीरगञ्जमा आयोजित शिक्षकहरुको लागि प्रशंसनीय खोज तालिमको उद्घाटन गर्दै नगर प्रमुख सरावगीले विद्यार्थीले शिक्षकलाई नै आफ्नो आइडल मान्ने भएकोले शिक्षक जिम्मेवार भएर व्यवहारिक शिक्षा दिनुपर्ने बताए ।

‘घरमा नपाएको वातावरण विद्यालयमा शिक्षकले दिनुपर्छ’ उनले भने, ‘स–साना समस्याले विद्यार्थीहरु विद्यालय जाँदैनन त्यसबारेमा बुझ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment