Comments Add Comment

ईडीसीद्वारा ५४३ पीपीई सेट सहयोग

१६ डोटी, असोज । सम विकास केन्द्र (ईडीसी) नामक गैरसरकारी संस्थाले डोटीका स्वास्थ्यकर्मी र सरसफाइ कर्मचारीहरुका लागि ५४३ पीपीई सेट उपलब्ध गराएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) को रोकथामतथा नियन्त्रणको लडाइमा अग्रपन्थीमा खटिएर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि उक्त सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष अधिराज बिसीले जानकारी दिए ।

शुक्रबार पीपीई सेट स्वास्थ्यकार्यालय डोटीका प्रमुख रमेश मलासीलाई हस्तान्तरण गरिएको समेत अध्यक्ष बिसीले बताए ।
९ वटै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइ कर्मचारीहरुहरुलाई पुग्ने गरी उक्त पीपीई सेट हस्तान्तरण गरिएको बिसीले जानकारी दिए ।

पीपीई सेट बुझ्दै स्वास्थ्य कार्यालय प्रमुख मलासीले उक्त पीपीई सेट स्वास्थ्यकर्मीहरुको संख्याका आधारमा जिल्लाका ९ वटै स्थानीय तहहरुलाई पठाइने जानकारी दिए ।

उनले भने,’यसअघि पनि ईडीसीले महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्रीहरु सहयोग गर्दै आएको थियो, यो सामग्रीले हामीहरुलाई ठुलो सहयोग पुग्छ ।’

चौथो जिल्ला सभा तथा वार्षिक समीक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेश सभा सदस्यद्वय भरतबहादुर खड्का र पूणर्ा जोशीले उक्त सामग्री स्वास्थ्य प्रमुख मलासीलाई हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment