Comments Add Comment

हङकङले दुई साताका लागि रोक्यो नेपाल एयरलाइन्सको उडान

२० असोज, काठमाडौं । नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका ६ जना यात्रुमा कोरोना भाइरसको पुष्टि भएपछि हङकङले नेपाल एयरलाइन्सलाई कारवाही गरेको छ ।

नेपाल एयरलाइन्सको उडान अनुमति दुई साताका लागि रद्द भ्एको हो । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर रिर्पोट नेगेटिभ आएकै यात्रुमा समेत हङकङमा कोरोना देखिएको हो ।

नेपालबाट अधिकतम ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाएमा हङकङ जान पाइने प्रावधान थियो ।

तर, हङकङ पुगेका यात्रुमा कोरोना देखिएपछि नेपाल एयरलाइन्स कारवाहीमा परेको हो । ‘यहाँबाट पीसीआर नेगेटिभ भएकै यात्रु जानु भएको हो,’ उनले भनिन्, ‘स्वाब दिएपछि पनि हामी बजारमा निस्कन्छांै, अन्य मानिसको सम्पर्कमा जान्छौं, त्यसले पनि कोरोना सर्ने सम्भावना बाँकी नै रहने रहेछ ।’

यात्रुको लापरवाहीको शिकार नेपाल एयरलाइन्स परेको हो । ४ अक्टोबरबाट लागेको प्रतिवन्ध अब १७ अक्टोवरमा मात्र फुकुवा हुने भएको छ ।

‘हङकङको स्वास्थ्य सम्बन्धी नियम कडा छ,’ नेपाल एयरलाइन्सका एक उच्च अधिकारी भन्छन्, यात्रुमा देखियो, हामीले बच्ने कुनै बाहना नै रहेन ।’

अक्टोवर ३ मा नेपाल एयरलाइन्सको ‘आरए ४०९९’ उडानबाट हङकङ पुगेका यात्रुमा सोमबार कोरोना पुष्टी भएको हो ।

सोमबार हङकङमा कुल ११ जनामा कोरोना देखियो, त्यसमध्ये ६ जना नेपाल एयरलाइन्सका यात्रु रहेको बताइएको छ ।

एक जना भने भारतबाट गएका यात्रु थिए । सरकारले नियमित उडान खुला गरेसँगै हङकङमा नेपाल एयरलाइन्सले उडान गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment