Comments Add Comment

अछामको कमलबजार स्वास्थ्य केन्द्रमा पीसीआर प्रयोगशाला सञ्चालन 

सुदूरपश्चिममा थपिए ११९ संक्रमित 

२१ असोज, डोटी । अछामको कमलबजार नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ ।

नगरपालिकाले करिब एक करोड खर्चेर स्थापना गरेको प्रयोगशालाको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञ बोगटीले प्रयोगशालको उद्घाटन गरेका हुन् । प्रयोगशाला सञ्चालनमा आएसँगै अछाम लगायत यस आसपासका जिल्लाका बासिन्दाले प्रत्यक्ष फाइदा लिने उनको भनाइ थियो ।

प्रयोगशाला उद्घाटन गरिएसँगै बुधबार १७ जनाको नमुना परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

गत असोज १४ गते स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डाक्टर गुणराज अवस्थी सहितको टोलीले पीसीआर मेसिनको गुणस्तर तथा सञ्चालनको तयारी र अन्य प्राविधिक तयारीको बारेमा जानकारी लिएका थिए।

यो सँगै सुदूरपश्चिममा पीसीआर परीक्षण प्रयोगशालाको संख्या ६ पुगेको छ । यसअघि कैलाली, डडेल्धुरा, डोटी, बैतडी र बझाङ्गमा प्रयोशाला स्थापना भइसकेका छन् ।

सुदूरपश्चिममा थपिए ११९ संक्रमित 

बुधबार सुदूरपश्चिम प्रदेशमा एक सय १९ जना कोरोना संक्रमित थपिएका छन् ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ६९, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ४८ र जिल्ला अस्पतालको प्रयोगशालामा दुई जना गरी ११९ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये थपिएका नयाँ कोरोना संक्रमितमा कैलालीका ५४, दार्चुलाका ४६, कञ्चनपुरका १५, बझाङका २ र डोटीका २ जना  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment