Comments Add Comment

वर्क फ्रम होम : समयसीमा र सर्तहरु

कोरोना महाव्याधीपछि घरमै बसेर काम गर्ने प्रवृत्ति बढेको छ । कार्यलय आउजाउ गर्दा, कार्यथलोमा काम गर्दा भाइरसको संक्रमण बढ्न सक्ने भएपछि संभव भएसम्मको काम घरबाटै गर्न थालिएको छ । यद्यपि इन्टरनेटको सहज पहुँचले वर्क फ्रम होमको अवधारणा निकै पहिले विकास भएको पाइन्छ । कोरोना काल अघि नै अमेरिका, बेलायत लगायतका विकसित देशहरुले मात्र होइन, हाम्रो छिमेकी भारतमा समेत यस्तो अभ्यास हुन थालेको छ ।

‘वर्क फ्रम होम’ को अवधारणाअनुसार कुनै पनि व्यक्तिले आफ्नो सुविधा अनुकुल घरमै बसेर पनि अफिसको काम आरामले गर्न सक्छ । कतिपय कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई निश्चित विकल्प दिएर पनि यो अवधारणालाई आत्मसात गर्दै आएका छन् । विभिन्न कम्पनीहरुले विद्युतीय हाजिरीको व्यवस्थासमेत गरेका छन् । जसमा कर्मचारीले विद्युतीय हाजिरी गरेर प्रत्येक दिन वा साताको केही दिन घर बसेर काम गर्न सक्छन् । यस्ता नियम कम्पनी तथा व्यक्तिपिच्छे फरक हुन्छन् ।

यद्यपि, कतिपय कम्पनी र कर्मचारीहरु ‘वर्क फ्रम होम’ को अवधारणालाई पछ्याउन डराइरहेका छन् । आज पनि हामी सोच्छौ, घरमै बसेर अफिसको काम गर्न कठिन हुन्छ । यसरी काम गर्दा नियन्त्रण गर्ने कोही हुँदैन ।

हुनसक्छ, घरबाट काम गर्दा रोकटोक कोही नहोला । तर कामको पनि केही निश्चित नियम हुन्छन्, जसले उनीहरुलाई बाँध्न सक्छ । घर बसेर काम गर्न चाहनेहरुले यी नियमहरु पालना गर्न जरुरी छ ।

घरबाट काम गर्दा सबैभन्दा पहिले कामको अनुसुची तयार गर्नुपर्छ । कुन–कुन काम पूरा भयो, कुन–कुन पूरा हुन बाँकी छ र कुन काम कति समयमा पूरा गर्नु पर्नेछ भनेर आफैंले तालिका बनाउनुपर्छ । यसले काम गर्ने मनस्थिति तयार हुनुका साथै छोटो समयमा धेरै काम पूरा गर्न सघाउ मिल्नेछ ।

जुनसुकै कामको पनि निश्चित अवधिभित्र पुरा गर्नुपर्ने हुन्छ । तोकिएको समयमा काम पूरा गर्न सके तनाव त कम हुन्छ नै,  परिवारसँग बढि समय बिताउने अवसर पनि मिल्छ । त्यसैले, घरमा बसेर काम गर्दा प्रत्येक कामको समयसीमा निर्धारण गर्न जरुरी छ ।

प्रायः मानिसहरु कामको समयमा इमेल चेक गर्ने, फेसबुक चलाउने तथा फोनमा कुरा गरेर समय व्यतित गर्छन् । घरमा होस वा अफिसमा, काम गर्दा अनुशासन कायम राख्न जरुरी छ । किनकी अनुशासनले मानिसलाई मर्यादित बनाउँछ ।  साथै, एकाग्र भएर काम गर्न सघाउ पु¥याउँछ । अन्यथा तपाईंले राम्रो परिणाम दिन सक्नुहुन्न ।

अफिसको काम घरबाटै गर्नुको मतलव यो होइन कि तपाईं आफ्नो कामसँग सम्बन्धित मानिसहरुसँग सम्पर्कबिहिन रहनुहोस् । घरमै बसेर काम गर्दा पनि आफ्नो जनसम्पर्क कायम वा नियमित राख्न सकिन्छ । आफ्नो कार्य क्षेत्रमा के–के भईरहेको छ, नयाँ के हुँदैछ भन्ने कुरा जान्ने र त्यही अनुसार  आफ्नो कामलाई बढाउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment