Comments Add Comment

जगदम्बा स्टिल्सको ध्यानाकर्षण

२२ असोज, काठमाडौं । विगत केही समययता विभिन्न संचार माध्यमबाट जगदम्बा स्टील्स प्रालि र संस्थापक संचालकहरुको विषयमा निरन्तर भ्रामक तथा चरित्र हत्या सम्मका समाचार प्रकाशित भएकोमा कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता समाचारहरु प्रति यस कम्पनीले खेद प्रकट गरेको छ ।

विगत २५ वर्ष देखि विभिन्न उत्पादनहरु नेपाल गुणस्तरको गुणस्तरीयताको प्रमाण लिई बिक्रि बितरण गर्दै आएको भन्दै कम्पनीले अहिलेको विषम परिस्थितिको समयमा पनि उपभोक्ताको हितलाई ध्यानमा राखी उत्पादन प्रकिया चालु गर्दा मानवीय त्रुटिका कारणले १६ मिमि एर्फइ छण्ण् ग्रेडको एउटा डण्डीमा मात्र केही गुणस्तरियता कैफियत देखिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आफ्नो गुणस्तरीय प्रतिबद्धताको कारणले उक्त ब्याचका सम्पूर्ण १६ मिमि एर्फइ ५०० ग्रेडको डन्डीहरु बजारबाट फिर्ता लिई तथा उद्योग परिसरमा रहेका समेत उक्त ब्याचको सम्पूर्ण १६ मिमि एर्फइ छण्ण् ग्रेडका डन्डीलाई नेपाल गुणस्तर तथा नापतौल विभागको रोहबरमा नस्ट गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment