Comments Add Comment

प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना सङ्क्रमणमुक्त

२३ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

बिहीबार गरिएको पिसीआर परीक्षणका क्रममा उनीहरूको नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार थापाले बताए । सबैलाई १७ असोज १७ मा सङ्क्रमण देखिएको थियो ।

थापाका अनुसार तीनै जनाको परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

उनले भनेका छन्, ‘हामीले कोरोना सङ्क्रमण सात दिन बित्दानबित्दै जित्न सकेका छौँ । हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी र कृतज्ञ छौँ ।’

यो पनि पढ्नुहोस कोरोनाले रन्थनिएको बालुवाटार : सचिवालय सुनसान, प्रधानमन्त्री कति सुरक्षित ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment