Comments Add Comment

भोलि बस्ने भनिएको कांग्रेस बैठक स्थगित

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको थियो । पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको निधन भएका कारण बैठक स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकको नयाँ मिति पनि तोकिएको छैन । पूर्व पदाधिकारीको निधन हुँदा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने परम्परा छ । प्रसाईको २३ असोजमा निधन भएकाले २५ गते कार्यालय बन्द हुन्छ ।

एक नेताका अनुसार २६ गते बैठक बस्न सकिन्थ्यो । तर सचिवालयका एक सदस्यलाईर् कोरोना संक्रमण पुष्टि भएकाले वरिष्ठ नेता रामचन्द्र पौडेल आइसलेसेनमा बसेका छन् ।

त्यसैले दशैं अगाडि केन्द्रीय कार्यसमिति बैठक बस्ने सम्भावना कम हुँदै गएको एक सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment