Comments Add Comment

लागूऔषधसहित तीन जना भारतीय पक्राउ

२५ असोज, काठङ्गाडौं । वीरगञ्जको बहुअरी चोकस्थित सडकखण्डबाट लागूऔषधसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया-४ बस्ने २० वर्षीय बिक्रान्त पटेल, २८ वर्षीय रामबालक राम र २० वर्षीय आकाश कुमार राम रहेका छन् । पक्राउ परेका पटेल एचआर ३८ भी ४८९५ नम्बरको ट्रक चालक हुन् भने अन्य दुई जना ट्रकमा सवार व्यक्तिहरु हुन् ।

विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्जस्थित आईसीपी गेटबाट जाँचपास भएर आएको सो ट्रकलाई वीरगञ्ज महानगरपालिका-२४ बहुअरी चोकस्थित रामगढवा सडक खण्डमा चेकजाँच गर्नेक्रममा लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।

चेकजाँचको क्रममा चालक बस्ने सिट पछाडिको सिटमुनी लुकाईछिपाई राखेको अवस्थामा २९७ थान नुर्फिन, २९७ थान फेनारगन, २९७ थान डाइजेपाम र १०० एमएल वाइनसिरेक्स १२०६ बोत्तल बरामद भएको प्रहरीले जनाएको छ ।

परेका परेका तीनै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment