Comments Add Comment

१२ जनामा कोरोना देखिएपछि ९० लाख मानिसमा कोरोना परीक्षण गरिँदै

२६ असोज, काठमाडौं । चीनको छिङताओ सहरमा १२ जना मानिसमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै सरकारले सहरका सबै ९० लाख मानिसको परीक्षण गर्ने भएको छ । चीनले छिङताओका सबै मानिसको पाँच दिनभित्र कोरोना परीक्षण गर्ने निर्णय गरेको हो । सहरको एक अस्पतालमा १२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएसँगै सरकारले कोरोना नियन्त्रणको लागि यस्तो योजना अघि सारेको हो ।

चिनियाँ सामाजिक सञ्जाल वेईबोमा प्रकाशित एक विज्ञप्तिका अनुसार छिङडाओ सहरको हेल्थ कमिसनले लक्षण सहितका ६ र लक्षण नभएका ६ जना मानिसहरुमा कोरोना संक्रमण देखिएसँगै सहरका सबै मानिसमा कोरोना परीक्षण गर्न लागिएको उल्लेख छ । सबै संक्रमित अस्पतालसँग जोडिएको विज्ञप्तिमा उल्लेख छ । अहिले देखिएको संक्रमण जोखिमपूर्ण रहेको भए पनि त्यहाँको प्रशासनले समग्र सहरका मानिसको कोरोना परीक्षण गर्न लागेको हो ।

गत मे महिनामा चीनले वुहान सहरका सबै मानिसको कोरोना परीक्षण गरेको थियो । चीन कोरोनालाई नियन्त्रणमा राख्न सफल भएको मुलुक हो । अहिले विश्वका धेरै मुलुकमा उल्लेख्य मात्रामा संक्रमण बढिरहेको कारण लकडाउन तथा अन्य सामाजिक गतिविधिमा प्रतिबन्ध जारी रहेको अवस्थामा चीनमा भने जनजीवन सामान्य अवस्थामा फर्किएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment