Comments Add Comment

थप २६३८ जनामा कोरोना भाइरस संक्रमण, उपत्यकामा १४०३

२८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

तीमध्ये संस्थगत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेसनमा २१ ५४८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २१७४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।

कुन जिल्‍लामा कति ?

बुधबार काठमाडौंमा ९९६, मोरङमा ३४४, ललितपुरमा ३०५, भक्तपुरमा १०२, सुनसरीमा ८४ जना, रुपन्देही ८१, कास्की ७४, धनुषामा ६२, मकवानपुरमा ५२, चितवनमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै महोत्तरीमा ४७, झापामा ४०, काभ्रेपलाञ्चोकमा ३६, तनहुँमा ३२, कैलालीमा ३१, लमजुङमा ३०, दैलेख २१, गोरखामा २०, सिन्धुपाल्चोक र नवलपरासीमा १९, पर्सा र धादिङमा १५ जनामा संक्रमण भएको छ ।

सिराहा र अछाममा १४ जना, सर्लाही र नवलपरासी पूर्वमा १० जना, बारामा ९, सप्तरी, सिन्धुली, पाल्पा र डोटीमा ८ जना, बझाङमा ७ जना, स्याङ्जा र कञ्चनपुरमा ६ र उदयपुरमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

दोलखा, नुवाकोट, पर्वत र बैतडीमा ४ जना, इलाम, रामेछाप र डडेल्धुरामा ३, ओखलढुंगा, भोजपुर, रौतहट, अर्घाखाँची, बर्दिया, सुर्खेत र दार्चुलामा २/२, खोटाङ, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, मनाङ, म्याग्दी, बाग्लुङ, बाँके, मुगु र रुकुम पश्चिममा १/१ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment