Comments Add Comment

स्मिता र सलोनको ‘मायाले बोलायो मलाई’

गायिका स्मिता दाहालको स्वरमा समावेश ‘मायाले मलाई बोलायो’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । गीतको भिडियोमा स्मिता र नायक सलोन बस्नेतले मोडलिङ गरेका छन् ।

सलोनको आफ्नै प्रोडक्शन हाउस प्रफेक्ट प्लानबाट निर्माण भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन् । भिडियोमा सलोन र स्मितासँगै गौतम धिमाल, सुमिन गुरुङको अभिनय छ । संकल भुजेलको छायांकन रहेको भिडियोमा आर्जु बैजुको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

बालापनदेखिको मित्रता ठूलो भएपछि पनि कसरी गाढा हुन्छ भन्ने भाव भिडियोमा प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment