Comments Add Comment

वीरगञ्जको गणेश अपार्टमेन्टमा प्रहरी छापा, २३ किलो बढी सुन बरामद

१ कात्तिक, वीरगञ्ज । प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो ।

त्यसक्रममा प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको छ । सुनका गरगहना पनि बरामद भएको छ, जसको तौल ६८१ ग्राम छ ।

सबै गरेर २३ किलोभन्दा बढी सुन बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।

यस्तै २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद भएको छ ।

पन्तका अनुसार यो सुनका मालिक आउने सूचनाका आधारमा प्रहरी राति समेत त्यहाँ बसेको थियो । तर नआएपछि स्थानीय भद्रभलाद्मीको रोहबरमा अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खेलेर खानतलासी गर्दा सुन र चाँदी बरामद भएको हो ।

यो फ्लाट अशोक सिन्हाको भनिएको छ र यसबारे अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन् ।

अपडेट*

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment