Comments Add Comment

न्यूजिल्याण्डको आम निर्वाचनमा आर्डर्नको ऐतिहासिक जित

१ कात्तिक, काठमाडौं । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आम निर्वाचनमा ऐतिहासिक जित हात पारेकी छन् ।

अधिकांश मतगणना भइसक्दा उनको दल, लेबर पार्टीले ४९ प्रतिशत मत प्राप्त गरेको छ । र, आर्डर्नको दलले ६४ सिट ल्याउने अनुमान छ, जुनसंसदमा बहुमतका लागि पर्याप्त हुन्छ ।

जितपछि आर्डर्नले भनेकी छन्, न्यूजिल्याण्डले करिव ५० वर्षमा लेबर पार्टीप्रति सबैभन्दा ठूलो समर्थन जनाएको छ ।’ उनले न्यूजिल्याण्डका हरेक बासिन्दाका लागि शासन गर्ने पार्टीका रुपमा अगाडि बढ्ने समेत बताएकी छन् ।

विपक्षी न्याश्नल पार्टीले २७ प्रतिशत मत पाएको छ । उसले चुनावमा हार स्वीकार गरेको छ । पार्टीकी नेतृ जुडिथ कोलिन्सले आर्डनलाई बधाई दिँदै जिवन्त प्रतिपक्षी बन्ने प्रतिवद्धता जनाएकी छन् ।

एक्ट न्यूजिल्याण्ड र ग्रिन पार्टीजले ८ प्रतिशत मत पाएका छन् ।

न्यूजिल्याण्डमा गत सेप्टेम्बरमै आम निर्वाचन गर्ने तय भएको थियो । तर कोरोना भाइरसको महामारीका कारण निर्वाचन एक महिना पछाडि सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment