Comments Add Comment

नेकपा सांसदहरुको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने तयारी

३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदहरुले पाएको दसैं भत्ता संस्थागत निर्णयबाटै फिर्ता गर्ने तयारी गरेको छ ।

दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) का सांसदहरुको दसैँ भत्ता फिर्ता गर्ने तयारी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए ।

उनका अनुसार, सोमबार साँझभित्रै सांसदहरुको दसैँ भत्ता फिर्ता गरिएको बक्तव्य निकाल्ने तयारी भएको छ । ‘व्यक्तिगत रुपमा फिर्ता गराउने भन्दा पनि संस्थागत निर्णय गर्ने तयारीमा जुटेका छौं’, उनले भने ।

नेकपाका सांसदहरुको दसैँ भत्ता फिर्ता गराउने गृहकार्यमा प्रतिनिधिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङ र भट्टराई खटिएका छन् । ‘प्रधानमन्त्रीसँग कुरा भइरहेको छ । दसैँ भत्ता कोरोना उपचारमा खर्च हुनेगरी फिर्ता गर्छौं’, प्रमुख सचेतक भट्टराईले भने ।

नेपाली का‌ंग्रेसले पनि सांसदहरुको दसैँ भत्ता फिर्ता गराउने निर्णय गरिसकेको छ । यसअघि नेकपाका केही सांसदहरुले दसैं भत्ता फिर्ता गरिसकेका छन् । नेकपासँग प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ सांसद छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment