Comments Add Comment

‘कोरोनाले गर्दा यो वर्ष मुस्ताङबाट च्यांग्रा ल्याइएन’

५ कात्तिक, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैं लक्षित सहुलियतको खसी बोकाको बिक्री वितरण सुरु गरेको छ । कम्पनीले दाल, चामल, गेडागुडी, नुन र चिनी पनि बिक्री गरिरहेको छ ।

देखाउनका लागि व्यापार गर्ने गरेको आरोप साविकको खाद्य संस्थान र हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमाथि लाग्दै आएको छ । कम्पनीको दसैं व्यापारको सन्दर्भमा नायव महाप्रबन्धक श्रीमणिराज खनालसंग अनलाइनखबरका नविन ढुंगानाले गरेको कुराकानीको सम्पादित अंश :

हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले के-के काम गर्छ ?

नेपाल सरकारको नीति अनुरुप तोकिएका ३० दुर्गम जिल्लामा अनुदानको खाद्यान्न आपूर्ति गर्ने, काठमाडौं उपत्यकामा कारागार तथा सर्वसाधारणका साथै जिल्लाहरूका कारागारलाई खाद्यान्न बिक्री गर्ने, नियमित खाद्यान्न आपूर्ति तथा आकस्मिक खाद्यान्न अभाव ब्यवस्थापनका लागि खाद्यान्न मौज्दात राख्ने काम हामी गर्छौं ।

त्यस्तै, सरकारले तोकेको समर्थन मुल्यमा कृषकको धान र गहुँ पनि कम्पनीले खरिद गर्छ । वैदेशिक सहयोग अन्तर्गत प्राप्त खाद्यान्न परिचालन गर्नु, नेपालकोतर्फबाट सार्क खाद्यान्न सुरक्षा बैकमा राख्नु पर्ने खाद्यान्न मौज्दात राख्ने काम पनि हाम्रो दायित्वभित्र पर्छ ।

दसैंको बेला कम्पनीले के-के व्यापार गरिरहेको छ ?

दसैंलक्षित सहुलियत बजार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयोजनमा दूग्ध विकास संस्थान र साल्टट्रेडिङका वस्तुहरु समेत राखेर देशभर ४६ भन्दा धेरै पसल सञ्चालनमा ल्याइएको छ ।

सहुलियत पसलमा, नुन, चिनी, घिउ, दाल, गेडा गुडीहरुसहित ११ प्रकारका वस्तुहरू पाइन्छ । सुपथ मूल्य पसलमा कम्तीमा ५ देखि बढीमा १० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ । बजारमा २० रुपैयाँ किलोमा पाइने नुन सुपथ मूल्य पसलमा १८ रुपैयाँमा पाइन्छ ।

यस्तै, एक किलो चिनी ७० र डीडीसीको एक लिटर घिउ ८७० रुपैयाँ पर्छ । सहुलियत पसलमा चामल, दाल, फापर, केराउमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको छ भने सीमी तथा गेडागुडी एक किलोमा १० रुपैयाँ छुटमा बिक्री गरिएको छ ।

काठमाडौं उपत्यकाको कालीमाटी, टेकु, सिंहदरबार, कोटेश्वर, थापाथली, सतुङ्गल, नख्खु प्रयाग पोखरी र भक्तपुरमा सहुलियत पसलहरु छन् । उपत्यकामा सहुलियत पसलको घुम्ती सेवा पनि दिन्छौं । साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपत्यकाबाहिरको सबै कार्यालयबाट सहुलियत पसल सञ्चालनमा ल्याइएको छ ।

तिब्बतबाट च्यांग्रा आउन यो साल रोकियो, हैन ?

डा. रामशरण महत अर्थमन्त्री भएको बेला तिब्बतबाट च्यांग्रा नलिने निर्णय भयो । मुलुकले च्यांग्रा पनि अनुदानमा लिनु हुन्न भन्ने तत्कालिन सरकारको बुझाई थियो । सरकारले बन्द गरेपछि च्यांग्रा बिक्री गर्न खाद्यले छोड्यो ।

दसैंमा खसी, बोका र च्यांग्रा बिक्रीले एउटा छुट्टै माहोल बनाउँथ्यो । यसलाई चटक्कै छोडिएको मलाई मन परेको थिएन । २०६७/०६८ मा म खाद्यको अञ्चल बिक्री केन्द्र प्रमुख भएर थापाथली नेपालकै मुस्ताङ्गबाट च्यांग्रा ल्याउने कार्यक्रमा बनाएँ । आफैं मुस्ताङ्गको भेडीगोठ पुगेर च्यांग्रा छान्यौ । त्यसयता हरेक वर्ष किनेर बिक्री गरियो ।

यसवर्ष कोरोनाको कारण ल्याउन मुस्किल हुने भयो, भाउ पनि आकासियो । हामीले छुट्याएको बजेटले मूल्य नधान्ने भएपछि ल्याएनौँ । आगामी वर्ष ल्याउँँछौं ।

कम्पनीले नेता तथा उच्च पदस्थहरू चाकडी गर्न उनीहरूका घरमै चिजबस्तु पुर्‍याउँछ भन्ने पनि सुन्ने गरिछ नि ?

हामीले जति राम्रो काम गरेपनि सधैंभरी खेदिरहने आरोप यही हो । मानौं, हामीले गर्ने कारोबारको बहिखाता हुँदैन । वस्तु खरिद बिक्रीको रेकर्ड नै हुँदैन । गोदाममा त्यो वस्तु छैन, खातामा त्यो बिक्रीको पैसा पनि छैन भने कर्मचारी कारबाहीमा पर्दैन !

मेरो भनाइ के हो भने, खसी-च्यांग्रा बोकेर कसैको ढोकाढोकामा कम्पनी जाँदैन, गएको पनि छैन । हामी निश्चित मात्रामा वस्तुहरू खरिद-बिक्री गछौर्ँ । बाहिरको बजारमा भन्दा हाम्रोमा सस्तो पर्ने भएकोले एउटै मानिसले धेरै खरिद गरेर लैजान खोज्छन् । सबैलाई पुर्‍याउनु पर्ने भएकाले हामीले कोटा तोकेका हुन्छौर्ँ । यस्तो आरोप लगाउनेमा आफुले भनेजति किन्न नपाउनेहरू छन् ।

उच्चपदस्थले मुखै खोलेर माग्छन् भनिन्छ नि ?

म र मातहतका कसैलाई पनि त्यसरी मागेको मेरो सम्झनामा छैन । ३९ वर्षदेखि म संस्थानमा छु । कसैलाई त्यसरी कुनै वस्तु दिएको जानकारी छैन ।

कम्पनीले आफ्नो आर्थिक स्रोत कसरी जोहो गर्छ ?

सरकारले वाषिर्क ४५-५० करोड रुपैयाँ बजेट दिन्छ । कम्पनीको विभिन्न जग्गा र सटरहरूबाट भाडा आम्दानी हुन्छ । त्यसैका आधारमा चलिरहेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment