Comments Add Comment

फिल्म सुटिङमा सुरक्षा सावधानी

निर्माता सुनिल कुमार थापाले करिब ७ महिनापछि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन प्रारम्भ गरे । कतिपय चलचित्रकर्मीले अहिले नै छायांकन सुरु गर्न नहुने बताइरहेका छन् भने कतिपयले रोकिएको काम सुरु गर्ने भन्दै अगाडि बढेका छन् । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढेको छ । सरकारले विभिन्न क्षेत्रलाई संचालनको अनुमती दिएपनि चलचित्रको बारेमा कुनै निर्णय गरेको छैन । ७ महिनादेखि सम्पूर्ण हलहरु बन्द छन् ।

तर, सरकारले अनुमती नदिएपनि चलचित्रकर्मीहरुले भने आफै सुरक्षाको विधी अपनाएर छायांकन सुरु गरेका छन् । निर्माता सुनिल कुमार थापाले चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सावधानी अपनाएर भैरहेको जानकारी दिए ।

चलचित्रको सेटमा नायक अनमोल केसी, गायक दुर्गेस थापा, नायिका सुहाना थापा, अर्का नायक सलोन बस्नेत लगायत छन् । यस्तै, छायांकन सेटमा प्रवेश गर्दा सम्पूर्ण मानिसहरुको ज्वरो नापिएको छ । कलाकारदेखि प्राविधिकले सर्तकताका साथ काम गरिरहेका छन् । फुलपातिसम्म छायांकन गरेर पूर्णिमापछि फेरि काम सुरु गर्ने तयारी यो चलचित्रको निर्माणपक्षको छ । झरना थापा निर्देशित चलचित्रको प्रदर्शन मिति यही बर्षको दशैंलाई तोकिएको थियो । तर, कोरोना कारण काम हुन नसकेपछि चलचित्र रिलिज हुन पाएन ।

चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सुरु भएको पनि ५ दिन भयो । रेनशा वान्तवा राइको निर्देशनमा तयार भैरहेको चलचित्रको छायांकनका लागि पनि प्राविधिकदेखि कलाकारले सुरक्षा सावधानी अपनाएको देखिन्छ ।

यो चलचित्रको छायांकन पनि फूलपातीसम्म हुनेछ । यसपछि फेरि पूर्णिमापछि चलचित्रको छायांकन सुरु हुने निर्माता प्रज्ज्वल शमशेर जबराले जानकारी दिए । छायांकन अवधीभर चलचित्रको टिम एकै ठाउँमा रहनेछ ।

केही चलचित्रका निर्माताले भने दशैंपछि छायांकनको तयारी थालेका छन् । सरकारले चलचित्र छायांकन र प्रदर्शनका लागि कहिलेबाट अुनमती दिन्छ टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment