Comments Add Comment

पीएसजीसँगको जितसँगै म्यानचेस्टरले बनायो नयाँ किर्तिमान

५ कात्तिक, काठमाडौं । म्यानचेस्टर युनाइटेडले पीएसजीलाई मंगलबार हराएसँगै इतिहासमा पहिलोपटक लगातार १० वटा अवे गेममा जित हासिल गरेर नयाँ किर्तिमान कायम गरेको छ । मार्कस रासफोर्डले अन्तिम क्षणमा गरेको गोलसँगै म्यान्चेस्टरले पीएसजीविरुद्ध २–१ को जित निकालेको थियो ।

गत २० जुनमा फुटबल एसोसिएसन च्यालेन्ज कप (एफए कप) मा नर्विच सिटीविरुद्ध अतिरिक्त समयमा २–१ को नतिजापछि ओले गुन्नर सोल्स्क्जारको विजय यात्रा आरम्भ भएको थियो । त्यसयता युनाइटेडले ब्रिग्टोन (३पटक), एस्टोन भिल्ला, क्रिस्टल प्यालेस, सिस्टर सिटी, लुटोन टाउन, न्यूक्इासल युनाइटेड र अहिले पीएसजीविरुद्ध लगातार जित हासिल गरेको छ । पीएसजीविरुद्धको जितलाई रेड डेभिल्सको यो अवधिको उत्कृष्ट प्रदर्शकका रुपमा फुटबलप्रेमीहरुले लिएका छन् । ३९ प्रतिशत मात्रै बल पोसेसन भए पनि पीएसजीभन्दा युनाइटेडका ‘सट अन टार्गेट’ धेरै थिए ।

मध्यान्तरअघि एक गोलले पछि परेको पीएसजी मध्यान्तरपछि आक्रामकरुपमा पेश भएको थियो । मध्यान्तरको १० मिनेटपछि पीएसजीका मार्टियलले कर्नरमार्फत प्राप्त भएको बललाई हेड गरी आफ्नै गोलपोष्टभित्र पसाए । खेल बराबरीमा आएपछि युनाइटेडले फेरि जोश निकाल्यो । पीएसजीले आक्रमणमा आफूलाई केन्द्रित राखेका बेला प्रत्याक्रमणका क्रममा युनाइटेडले थुप्रै गोलका अवसरहरु सिर्जना गरेको थियो । अन्ततः रासफोर्डले ८७ औं मिनेटमा निर्णायक गोल गरे । पाउल पोग्बाको पासलाई सदुपयोग गर्दै उनले जाली चुमाएका थिए ।

‘पक्कै पनि मजा लागिरहेको छ,’ रासफोर्डले जितपछि भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा, हामीले जित हासिल गर्यौं ।’

यस खेलमा आफ्नो टिमले देखाएको एकाग्रतालाई आगामी खेलहरुमा पनि लैजानुपर्ने उनले बताए । खेल निकै कठिन भएपछि आफूहरुले मनोबल उच्च राखेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment