+
+

निर्धन उत्थानद्वारा विपन्न परिवारलाई ७ करोड २५ लाख अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ५ गते १५:१०

५ कात्तिक, काठमाडौं । गरिवी निवारणको लक्ष्सहित स्थापित भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना अति विपन्न ग्राहकहरुलाई राहत स्वरुप ७ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

कोभिड–१९ का कारण समस्यामा परेका विपन्न परिवारलाई संस्थाले सहयोग गरेको हो । कोभिडका कारण व्यावसाय बन्द हुँदा कतिपय ऋणी सदस्यहरू प्रभावित भएका छन् ।

उनीहरूको व्यवसाय पुनस्र्थापना गरी आर्थिक र सामाजिक अवस्थामा सुधार गर्ने उद्देश्यले संंस्थाका १८१ शाखा कार्यालयहरूका समस्यामा परेका तथा अति विपन्न ७ हजार २ सय ५० ऋणी सदस्यहरूलाई संस्थाले प्रति ऋणी सदस्य दशहजार रुपैयाँका दरले ७ करोड २५ लाख रूपैयाँ व्यवसाय पुनस्र्थापनको लागि आर्थिक अनुदान सहयोग स्वरुप प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले बताए ।

उनले अति गरिवी विपन्न व्यक्ति र परिवारलाई आत्मविश्वास बलियो बनाउन तथा व्यवसाय बचाउँने जिम्मेवारीका साथ सहयोग गरिएको र अरुहरु सबैले पनि आ–आफ्नो क्षेत्रवाट यस्तो सहयोग गर्दा कोभिडका कारण उत्पन्न परिस्थितिलाई कमगर्न सहयोग पुग्ने बताए ।

देशमा रहेको आर्थिक, सामाजिक तथा मानसिक गरिबी र त्यसबाट सृजित असमानता कम गर्ने उद्देश्यले स्थापना भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ७७ वटै जिल्लामा रहेका १८१ शाखा कार्यालयहरु मार्फत २०७७ भाद्र मसान्तसम्म ३ लाख ७३ हजार ९ सय ४६ विपन्न गरीव घर धुरीमा प्रभावकारीरूपले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?