Comments Add Comment

पाकिस्तानको एक आवासीय भवनमा शक्तिशाली विष्फोट, कम्तीमा ५ जनाको मृत्यु

Photo Credit : AP

५ कात्तिक, काठमाडौं । पाकिस्तानको कराँची सहरस्थित एक आवासीय भवनमा ठूलो विष्फोट भएको छ । उक्त विष्फोटमा परी अहिलेसम्म पाँच जनाको मृत्यु भएको र २० जनाभन्दा धेरै मानिसहरु घाइते भएको उद्धारकर्ताहरुले बताएका छन् । मृत्यु हुनेको संख्या पुष्टि गर्दै एधी उद्धार सेवाका अधिकारीले कराँची विश्वविद्यालयसँग जोडिएको मसकन चोकनजिकै यो विष्फोट भएको बताए ।

अहिलेसम्म विष्फोटको कारण भने नखुलेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । सीसीटीभी फुटेजमा विष्फोटबाट उक्त भवन आशिंकरुपमा भत्किएको देखिएको छ ।

दुई करोडभन्दा धेरै मानिसको बसोबास रहेको पाकिस्तानको सबैभन्दा ठूलो सहरमा निरन्तर राजनीतिक, धार्मिक र अन्य हिंसाहरु हुँदै आएका छन् । मंगलबार मात्र कराँचीकै प्रमुख बस तथा तेल ढुवानीको मार्गमा विष्फोट भएको थियो । यो विष्फोटमा परी पाँच जना घाइते भएको स्थानीय सञ्चारमाधयमहरुले बताएका छन् ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment