Comments Add Comment

पृतनापति सम्मेलन सकिएको भोलिपल्टै सुरक्षा परिषद्को बैठक

५ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार साँझ बैठक सुरु भएको हो ।

परिषद्‍मा रक्षामन्त्री, गृह, परराष्ट्र, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् । साथै, रक्षा मन्त्रालयका सचिव सदस्य–सचिव हुने व्यवस्था छ ।

बैठकमा मुलुकमा शान्ति सुरक्षाको अवस्था र विकसित घटनाक्रमबारे छलफल हुने भनिएको छ । सैनिक स्रोतका अनुसार बैठकमा मुलुकका सुरक्षा चुनौती र प्रतिकार्यबारे छलफल हुने बताएको छ ।

नेपाली सेनाको पृतनापतिहरुको दुई दिने सम्मेलन सकिएको भोलिपल्टै सुरक्षा परिषदको बैठक बोलाइएको हो । सम्मेलनले कोभिड- १९ को बढ्दो संक्रमण र विप्लव समूहलाई राष्ट्रिय सुरक्षाको मुख्य चुनौती मानेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment