Comments Add Comment

अमेरिकासँग ताइवानको हतियार खरिद सम्झौता

६ कात्तिक, काठमाडौं । पछिल्लो समय ताइव चीनसँगको बीच तनाव बढ्दो क्रममा रहेको अवस्थामा ताइवानले अमेरिकासँग हतियार खरिद सम्झौता गरेको छ ।

अमेरिकाको विदेश मन्त्रालयले ताइवानसँग भएको एक अर्ब ८० करोड डलरको हतियार खरिद सम्झौता स्वीकृत गरेको हो । यो सम्झौता स्वीकृत भएसँगै ताइवानले यसलाई स्वागत गर्दै आफू हतियारको दौडमा नरहेको बताएको छ ।

यद्यपि विश्वसनीय सैन्य क्षमता विस्तारको लागि ताइवानले यो हतियार खरिद सम्झौता गरिएको दाबी गरेको छ । पछिल्लो समयचीनले ताइवानमाथिको दबाब बढाएको छ ।

उसले ताइवानको संवेदनशील क्षेत्रमा सेना पठाउने र निगरानी गर्ने काम गर्दै आएको छ । ताइवानका रक्षामन्त्रीले यो सम्झौताको लागि अमेरिकालाई धन्यवाद दिँदै दुश्मनको चुनौती र नयाँ परिस्थितिसँग लड्न यो सम्झौता जरुरी रहेको बताएका छन् ।

चीनले भने ताइवानको यो कदमको विरोध गर्ने अपेक्षा गरिएको छ । अमेरिका–चीन सम्बन्ध पछिल्लो समय चिसिएको अवस्थामा चीनलाई चिढ्याउन पनि अमेरिकाले ताइवानलाई हतियार बिक्रीको निर्णय गरेको हो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment