Comments Add Comment

दशैंमा खुलेनन् हल, टीभीमा रिलिज भयो ‘लक्ष्मी पूजा’

दशैंमा हल खुलेको खण्डमा हलमा चलचित्र रिलिज गर्ने निर्माता शोभित बस्नेतको योजना पुरा भएन । उनले निर्माण गरेको चलचित्र ‘लक्ष्मी पूजा’ आजबाट टेलिभिजनमा रिलिज भएको छ । डीसहोम, म्याक्स टीभी, नेट टीभी, भिया टीभी र मेरो टीभीबाट यो चलचित्र रिलिज गरिएको निर्माता बस्नेतले जानकारी दिए ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ ।

पारिवारिक कथामा तयार गरिएको चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाह र बाल कलाकार आयुषी ढकालको अभिनय छ ।

निर्माता शोभितका अनुसार यो चलचित्रमा जाहान्वी दोहोरो भूमिकामा छिन् । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखन, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, र जयकुमार दर्लामीको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment