Comments Add Comment

मनिष र रेश्माको ‘निदाउके सपनीमा’

कोरोनाको महामारीमा फ्रन्टलाइनमा खटिएर सेवा गर्ने डाक्टरहरुको प्रेमकथामा आधारित रहेर सांगीतिक भिडियो ‘निदाउके सपनीमा’ सार्वजनिक गरिएको छ ।

यो गीतमा सुगम पोखरेल र कविता श्रेष्ठको स्वर, कुमार श्रेष्ठको शब्द तथा एलिस कार्कीको संगीत छ । भिडियोमा मनिष राउत र रेश्मा घिमिरेको मोडलिङ हेर्न सकिन्छ ।

फ्रन्टलाइनमा रहेर कोरोना संक्रमितको उपचार गर्दा आफै संक्रमित भएका डाक्टरको अवस्थालाई भिडियोमा देखाइएको छ । सन्तोष सेनले निर्देशन गरेको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment