Comments Add Comment

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २० हजार नाघ्यो

१२ कात्तिक, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक लाख २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट एक लाख २० हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ५०८ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७९ लाख ९० हजार ३२२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ४३ हजार ८९३ नयाँ संक्रमित थपिएका हुन् । भारतमा अहिलेसम्म ७२ लाख ५९ हजारभन्दा धेरै कोरोना संक्रमित निको भइसकेका छन् ।

भारत संक्रमित संख्याको आधारमा अमेरिकापछि कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा अहिलेसम्म ८७ लाख ७८ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा छ । अमेरिकामा अहिलेसम्म सबैभन्दा धेरै दुई लाख २६ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि एक लाख ५७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment