Comments Add Comment

चेन्नाईसँग पञ्जाब पराजित, बैंगलौर र दिल्लीलाई राहत

१६ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ दौडमा रहेको किंग्स इलोभन पञ्जाबलाई चेन्नाई सुपर किंग्सले ९ विकेटले पराजित गरेको छ ।

अबुधाबीमा भएको लिग चरणको आफ्नो अन्तिम म्याचमा आइतबार पञ्जाबले दिएको १५४ रनको लक्ष्य चेन्नाईले एक विकेटको क्षतिमा १८.५ ओभरमा पुरा गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले ६ विकेट गुमाएर जम्मा १५३ रन जोडेको थियो ।

चेन्नाईलाई पराजित गर्न सकेको भए पञ्जाबको १४ अंक हुने थियो । हारपछि प्लेअफ दौडबाट बाहिरीसकेको चेन्नाई र पञ्जाबको समान १२–१२ अंक भएको छ ।

पञ्जाबको पराजयले एक–एक म्याच खेल्न बाँकी हुँदा १४–१४ अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका रोयल च्यालन्जर्स बैंगलौर र दिल्ली क्यापिटललाई भने राहत पुग्ने देखिएको छ । पञ्जाबको बहिर्गमनपछि बैंगलौर र दिल्लीमध्ये एकको हारका बावजुद पनि प्लेअफ सम्भावना जीवित रहन्छ ।

दुबईमा केहीबेरमा सुरु हुने राजस्थान र कोलकातामध्येको विजेताले पनि १४ अंकसहित प्लेअफ सम्भावना जीवित राख्नेछ ।

क्वालिफायरमा पुगिसकेको मुम्बई इन्डियन्साई पराजित गर्न सक्दा नेट रन रेट राम्रो रहेको सनराइजर्स हैदरावादको १४ अंक हुन्छ । त्यस्तो अवस्थामा समान १४ अंक भएका तीनमध्ये दुई टीम रन रेटका आधारमा प्लेअफका लागि छनौट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment